तनहुँको पर्यटकीय स्थलको प्रवद्धनको लागि नीतिगत बहस हुने
तनहुँको पर्यटकीयको स्थलको प्रवद्धनको लागि अन्तरक्रिया र बहस हुने भएको छ । आगामी फागुन ३ गते शनिबार दमौली स्थित सभाहलमा बहस हुने भएको हो ।
तनहुँ उद्योग वाणिज्य संघ, रिस्ति विकास समाज तनहुँले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरि तनहुँ पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना भएको ठाउँ भएपनि न्यून प्रयाश भएकोले आझेलमा परेकाले बहस कार्यक्रम गरिएको जानकारी दिईएको छ । एभिन्यूज टेलिभिजनको आयोजना, रिस्ती विकास समाज तनहुँको सहआयोजना र तनहुँ उद्योग वाणिज्य सङ्घको सहकार्यमा अन्तरक्रिया र बहस हुने पत्रकार सम्मेलनमा बताईएको छ । तनहुँमा स्वदेश तथा विदेशमा चर्चा कमाएका पर्यटकीय स्थलहरु भएकाले यहाँको समृद्धिको मुख्य आधार पर्यटकीय स्थल भएकोले उजागरको लागि कार्यक्रम गरिएको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो । चार वेद अठार पुराणको रचयिता व्यासको जन्मभूमी, हिन्दुहरुको आस्थाको केन्द्र देवघाटधाम स्वदेशमा मात्रै नभई बिदेशमा समेत चर्चा कमाएको स्थान तनहुँ भएको उल्लेख गर्दै मिश्रले छाब्दी वाराही, ढोरवाराही, आँधीमूल, अकला, थानिको थान लगायतका धार्मिक पर्यटकीय स्थलहरु भएकोले धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा आदिकवि भानुभक्त आचार्यको जन्मस्थल, घाँसीकुवा, सुन्दर पहाडहरु, बन्दीपुर, छिम्केश्वरी, मिलुङकोट, मानहुँकोट, तनहुँसुर भुजिकोट, ऋषिङकोट, कर्लुङकोट, सहिदको गाउँ पुलिम¥याङ, धार्मिक महत्व बोकेको पवित्र नदीहरु कालीगण्डकी, त्रिशुली, सेती, मादी, मस्र्याङ्दी भएकाले प्रचुर सम्भावना भएपनि आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनाउनको पहल कम भएकोले बहसको कार्यक्रम गरिएको पत्रकार सम्मेलनमा बताईएको थियो । रिस्ती विकास समाज तनहुँका अध्यक्ष नबिन पौडेलले बहसको माध्यमबाट राष्ट्रिय योजना आयोग, पर्यटन बोर्डलाई पर्यटन प्रर्बद्धनको लागि बजेट विनियोजनको लागि ध्यानाकार्षण गराउन कार्यक्रमले टेवा पुग्ने पुग्ने बताउनुभयो ।

स्थानीय सरकारले चाल्नु पर्ने कदम, प्रदेश तथा संघीय सरकारले खेल्नु पर्ने भूमिका आदिको बारेमा बहस टेवा पुग्ने पौडेलले बताउनुभयो । जिल्ला स्थित सङ्घ, तथा प्रदेशका सांसद, राष्ट्रिय योजना आयोग, पर्यटन बोर्ड पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष तथा वडाध्यक्ष, कार्यपालिकाका सदस्य, उद्योगी, व्यवसायीहरु, सामाजिक व्यक्तिहरु, शिक्षक, विद्यार्थीहरु, कर्मचारीको सहभागितामा कार्यक्रम गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, िबिभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु धेरै भएपनि संरक्षण र प्रचार प्रसार हुन नसक्दा पर्यटकीय स्थलहरु अझैसम्म पनि ओझेलमा परेकाले प्रबद्धनको लागि बहसको कार्यक्रम गरेका हौं ।’
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले तनहुँमा पर्यटन र कृषि नै समृद्धिको आधार भएकोले यस्ता बहस गरिनु उपयुक्त भएको बताउनुभयो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ उचित संरक्षण र प्रचार प्रसार गर्न नसकेकाले पछाडी परेकोले यस्ता बहस विकासको लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ऐतिहासिक, धार्मिक तथा बिभिन्न सांस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक सम्पन्न जिल्लाका यस्ता स्थलहरू संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको उहाँको भनाई थियो । जिल्लामा ऐतिहासिक,धार्मिक तथा बिभिन्न सांस्कृतिक सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पर्यटकीय स्थलहरु उचित संरक्षण र प्रचारप्रसारको अभावमा पछाडी परेको गुनासो उहाँको थियो । पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्विक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्वर्धन गरी तिनको प्रचार प्रसार गुरु योजना भित्र पार्न यस बहस तथा अन्तरक्रियाले सघाउ पुग्ने अपेक्षा आयोजकको छ । कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने, विचार व्यक्त गर्न पाइने, सुन्न पाइने भएकोले सबैको सहभागिताको लागि पत्रकार सम्मेलनमा आग्रह गरिएको थियो ।
























