काेलेनिका तनहुँका प्रमुख खनाल कार्यालय छाेडेर संगठनकाे अधिवेशनमा

काेलेनिका तनहुँका प्रमुख खनाल कार्यालय छाेडेर संगठनकाे अधिवेशनमा


काेष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख अशोक खनाल कार्यालय छाेडेर कर्मचारी संगठनकाे अधिवेशनमा काठमाडौं गएका छन् । नेपाल निजामती सेवा ऐन २०४९ ( संशोधन सहित ) काे दफा ०५३ , २. १ काे क बमोजिम उपसचिव सरहको कर्मचारी कुनैपनी संघ संगठनकाे सदस्य हुन नपाउने एवम् कार्यक्रममा सहभागी हुन नमिल्ने स्पष्ट व्यवस्था रहेको छ ।
तर निजामती सेवा ऐन लाई नैं कुल्चेर कार्यालय प्रमुख खनाल भने कार्यक्रममा भाग लिएका छन् ।

यस सम्बन्धमा कार्यालय प्रशासनमा सम्पर्क गर्दा हाकिम साव बिदामा काठमाडौं जानुभएको बताइएको छ । कार्यालय छाेडेर कार्यक्रममा सहभागी भएको सम्बन्धमा प्रमुख खनाल सँग सम्पर्क गर्दा आँफु संगठनकाे पुरानो नेता भएको कारणले साथीहरूले बाेलाएकाे हुँदा उद्घाटन सत्रमा भाग लिएको बताए । मैले सदस्यता लिएर बन्द सत्रमा भाग लिएको हैन , उद्घाटन सत्रमा एकछिन बसेकाे हाे उनलेे भने ।
यता यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा सँग सम्पर्क गर्दा यसलाई ठुलो बिषय बनाउन नपर्ने प्रतिक्रिया दिए । संगठनकाे अधिवेशनमा संगठनकाे पुरानो मान्छे भएकोले बाेलाउनु स्वाभाविक भएको उनलेे बताए । प्रमुख खनाल नेपाल निजामती कर्मचारी संगठन गण्डकीकाे पुर्व अध्यक्ष हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page