जनयुद्ध दिवसमा देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर

जनयुद्ध दिवसमा देशका विभिन्न ठाउँमा स्वास्थ्य शिविर

गौरब नेतृत्वको नेकपा (माओवादी) ले ‘जनयुद्ध दिवस’ भव्यताका साथ मनाउन मातहतका कमिटीमा सर्कुलर गरेको छ । पार्टीले जनयुद्ध दिवसका अवसरमा देशका विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य शिविर आयाेजना गरेको छ । डाक्टर रमाकान्तकाे नेतृत्वमा कालिकोट , रूपन्देही , डाेटी , परासी , पर्सा लगायतका जिल्लामा आजदेखी ३ गतेसम्म शिविर सञ्चालन हुने साे पार्टीले जनाएको छ । शिविर लगायतका बिषयमा बुधबार पार्टीका तर्फबाट मुख्य सचिव गणेशमान पुनले सबै कमिटीहरूलाई सर्कुलर पठाउँदै जनयुद्ध दिवस भव्यताका साथ मनाउन आग्रह गरेका हुन् ।

सम्पूर्ण समितिहरूले आ-आफ्नो ठाउँको सापेक्षतामा जनयुद्धको गौरवलाई अझ उच्चो पार्दै मनाउन सर्कुलरमा भनिएको छ । यस्तै जनयुद्धले उठाएका मुद्दाहरूलाई वास्तविक जनताका मुद्दाहरूसँग जोडेर मनाउन समेत सर्कुलर गरिएको पुनले बताए ।

माओवादीले जनयुद्धको ३०औं वार्षिकोत्सव फागुन १ अर्थात बिहीबार आज मनाउँदैछ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) २०५२ साल फागुन १ देखि सशस्त्र जनयुद्ध सुरु गरेको थियो । जुन २०६३ सम्म चलेको थियो । माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देश्यका साथ यसको सुरुवात गरेको थियो ।

२०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो ।

पछिल्लो समय सर्वोच्च अदालतले सरकारी दस्ताबेजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नु भनेर आदेशसमेत दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page