जनयुद्ध दिवसमा दमाैलीमा दीप प्रज्वलन !

जनयुद्ध दिवसमा दमाैलीमा दीप प्रज्वलन !


नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) व्यास नगर समिति तथा अखिल क्रान्तिकारी जिल्ला समिति तनहुँकाे आयाेजनामा तनहुँकाे दमाैली स्थित अनशन चाैतारीमा शुभकामना आदानप्रदान तथा दीप प्रज्वलन कार्यक्रम भएको छ । ३० औं जनयुद्ध दिवसको दिन बिहीबार दमाैलीमा दीप प्रज्वलन गरिएको हो ।जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै व्यास नगर र अखिल क्रान्तिकारीले दिप प्रज्वलन गरेको हाे ।

कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय नेता मदन आलेले जनयुद्ध नेपाली वर्गसंघर्षकाे एउटा एैतिहासिक पहलकदमी भएको बताए । जनयुद्धको महिमा , गरिमा र इतिहास निरन्तर जारी रहने आलेकाे भनाइ थियो ।जनयुद्ध नभएको भए अहिलेका माननीय मन्त्री हुनकाे निम्ति पचासौं बर्ष राजाको पाउमा दाम चढाएर ढाेग्नुपर्ने हुन्थ्यो भन्दै उनलेे तर जनयुद्धले सार्वभौम जनताका छाेराछाेरी राष्ट्रपति हुन पाएको उल्लेख गरे ।


पार्टीका व्यास नगर सभापति गाेपाल सुर्खालीकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका नेता अतिन्द्र केशरी न्याैपानेले महान जनयुद्धले देखेको सपना पूरा गरेरै छाड्ने उद्घाेस गरे । उक्त अवसरमा नेकपा बहुमत धर्मेन्द्र बास्तोला समुहका युवा नेता शिव सदाशंकर लगायतका नेताहरूले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page