नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) काे अध्यक्षमा भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी ( नयाँ शक्ति ) काे अध्यक्षमा भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन । अध्यक्षका अर्का प्रत्याशी नेत्र चपाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा भट्टराई निर्वाचित भएपनि औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलनबाट गरिने उक्त पार्टीले जानकारी दिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन राखिएको छ । सो पत्रकार सम्मेलनमा प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रमका साथै भट्टराईले विशेष सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page