नशा रेष्टुरेन्टमा भएको कुटपिटबाट एकको मृत्युु , तीन पक्राउ
पश्चिम नवलपरासीको बर्दघाटस्थित एक डान्सबारमा भएको कुटपिटमा एक जनाको मृत्यु भएको छ । युवाहरूबिच आपसमा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ । बर्दघाट नगरपालिका–१३, जमुनाबारीमा रहेको नशा रेष्टुरेन्ट एण्ड डान्स बारमा माघ २८ गते राति दुई पक्षबिच कुटाकुट भएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार कुटपिटमा घाइते भएका प्रतापपुर गाउँपालिका–९, खैरेनीका ४५ वर्षीय सन्तबहादुर चौधरीको उपचारको क्रममा बुटवलमा मृत्यु भएको हो ।घटनामा संलग्न भएको आरोपमा प्रहरीले डान्स बारका सञ्चालक राकेश हरिजनसहित प्रतापपुर–१ बस्ने अमित चौधरी र सरोज चौधरीलाई नियन्त्रणमा लिएको छ ।

























