ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट तनहुँ ट्राफिकले गर्याे माघ महिनामा साँढे ३१ लाख राजश्व संकलन
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले माघ महिनामा मात्रै ३१ लाख ६९ हजार बढी राजश्व संकलन गरेको छ । कार्यालयले एक महिनामा सो रकम संकलन गरेको हो । कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ३८ सय १६ वटा सवारीसाधन कारबाहीबाट सो रकम संकलन गरेको जनाएको छ । अन्य सवारीको तुलनामा सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेकाे समेत कार्यालयले जानकारी दिएको छ ।

यस्तै कार्यालयले तिब्रगतिका कारण दुई पाङ्ग्रे सवारी साधन अनियन्त्रित भई दुर्घटना हुँदा मानबिय क्षति बढ्दै गईरहेकोले काठमाण्डौ बाट पोखरा तर्फ आउने र पोखरा बाट काठमाण्डौ तर्फ जाने दुई पाङग्रे सवारी साधनहरुलाई लक्षित गरी तनहुँ भित्रीने नाकाहरुमा चालकहरुलाई सडकमा नै भेला जम्मा गरी तिब्रगतीका कारण हुने सवारी दुर्घटना, चालकको लापरबाही, सडक सुरक्षा, सडकको अबस्था सम्बन्धमा सम्झाई बुझाई एवं सचेतना समेत गराउँदै आएकाे छ ।

























