प्रेस चाैतारी गण्डकीकाे अध्यक्षमा पाैडेल , काेशाध्यक्षमा तनहुँका तिमिल्सिना
प्रेस चाैतारी नेपाल गण्डकी प्रदेश कमिटीकाे दाेस्राे अधिवेशन अमलटारी हाेमस्टे नवलपुरमा सम्पन्न भएको छ । अधिवेशनले ईन्द्रप्रसाद पौडेलकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिकाे उपाध्यक्षमा इतराज गुरुङ , महिला उपाध्यक्षमा रज्जिता शर्मा , महासचिवमा आश गुरुङ र
कोषाध्यक्षमा मदन तिमल्सीना चयन भएका छन् । समितिमा काेशाध्यक्ष बनेका तिमिल्सिना तनहुँका हुन् । यस्तै समितिकाे सचिवहरुमा गौरव त्रिपाठी, गोपाल जीटी , सिर्जना बराल , बालकृष्ण सुवेदी र डिल बहादुर विक लगायत रहेका छन् ।

























