चौथो शुक्लागण्डकी महोत्सव शुक्रबारबाट शुरु , सनिवार धादिङे भालेकाे प्रस्तुति रहने

चौथो शुक्लागण्डकी महोत्सव शुक्रबारबाट शुरु , सनिवार धादिङे भालेकाे प्रस्तुति रहने

तनहुँको शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेल मैदानमा चौथो शुक्लागण्डकी महोत्सव शुरु भएको छ ।

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघकाे आयाेजनामा भएको महोत्सवको पूर्व मन्त्री एवम् तनहुँ क्षेत्र नं.२ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गरेका थिए । महाेत्सव उद्घाटन गर्दै सांसद भण्डारीले महोत्सवले यस क्षेत्रको प्रचार प्रसारका साथै अर्थतन्त्र चलायमान बनाउन महत्पूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आले र श्यामराजा महतले प्रदेश सरकारले सञ्चालन गरेका पूर्वाधार योजनालाई समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइरहेको बताए ।

महोत्सवका मुल संयोजक एवम् संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरापालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजु, शुक्लागण्डकी नगरपालिका वडा नंं ५ का अध्यक्ष दिर्घ बहादुर थापा, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष अमृत भट्टचन, भानुभक्त बहुमुखी क्याम्पसका अध्यक्ष दुर्गा कुमार श्रेष्ठ, स्थानीय यातायात प्रालिका अध्यक्ष केदार पौडेल, नेपाल आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदका अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, महोत्सवका निर्देशक एवम् संघका निवर्तमान अध्यक्ष विमल प्रसाद रिमाल, बरिस्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ, उपमहासचिव विर्सना श्रेष्ठ लगायतले बोलेका थिए ।
महोत्सव उद्घाटनपूर्व मिलडाडाँ र दुलेगौंडाबाट झाँकीसहितको ¥याली शुरु भई महोत्सवस्थलमा प्रवेश गरेका थियो ।

फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावश गरिएको संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे छ । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता हुने आयोजकले जनाएको छ ।


सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ । महोत्सवमा शनिवार चर्चित लोकदोहोरी गायक नवराज काप्री धादिङे भाले , राजन कार्की, सरस्वती लामिछाने, लक्ष्मी बानीया’ लगायतको प्रस्तुती रहने कलाकार व्यवस्थापन समिति संयोजक सुमन सापकोटाले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page