पत्रकार महासंघ तनहुँकाे घुम्ती बैठक व्यासगुफामा सम्पन्न , अबको बैठक छिम्केस्वरीमा बस्ने

पत्रकार महासंघ तनहुँकाे घुम्ती बैठक व्यासगुफामा सम्पन्न , अबको बैठक छिम्केस्वरीमा बस्ने

नेपाल पत्रकार महासंघ तनहुँले शाखाको इतिहासदेखि वर्तमानसम्मको अवस्था समेटिने गरी दस्तावेज लेखन गर्ने भएको छ । शाखाको व्यास नगरपालिका–३ स्थित व्यास गुफामा आज बसेको बैठकले दस्तावेज लेखनका लागि समिति गठन गरेको छ ।

शाखाका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा शाखाका पूर्व अध्यक्षहरु मुक्तिनाथ खनाल, प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, डम्बरबहादुर अधिकारी, प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य, उज्ज्वल पौडेल, पूर्व सचिव डा. बसन्त कंडेल, अग्रज पत्रकार ऋषिराम पोख्रेल, गोरा मियॉ, निवर्तमान उपाध्यक्ष अस्मिता खनाल रहेका छन् भने सदस्य सचिवमा शाखा अध्यक्ष डिपि अधिकारी रहेका छन् ।

शाखा अध्यक्ष अधिकारीले यस दस्तावेजले महासंघको समग्र अवस्था अध्ययनका लागि सहयोग पुग्ने बताए ।

बैठकले व्यास गुफा क्षेत्र व्यास नगरपालिकाको महत्वपूर्ण धार्मिक गन्तव्यस्थल भएकाले यसको प्रचारप्रसारका लागि सबै सञ्चारमाध्यमलाई सहयोगका लागि आग्रह गर्ने निर्णय गरेको सचिव कृष्ण न्यौपानेले जानकारी दिए ।

त्यसक्रममा व्यास गुफा क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबाले विभिन्न तथ्य र प्रमाणले महर्षि वेदव्यासको जन्म यहाँ भएको पुष्टि गरिसकेकाले यस क्षेत्रको प्रचारप्रसारका लागि पत्रकारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका थिए ।
महासंघको आगामी बैठक जिल्लाको सबैभन्दा अग्लो स्थानमा रहेको आँबुखैरेनीस्थित छिम्केश्वरीमा बस्ने भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page