शुक्लागण्डकी महोत्सवमा आज चर्चित लाेकदाेहाेरी गायक श्याम राना लगायतको प्रस्तुति रहने

शुक्लागण्डकी महोत्सवमा आज चर्चित लाेकदाेहाेरी गायक श्याम राना लगायतको प्रस्तुति रहने

तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आज आइतवार ख्यातिप्राप्त चर्चित लोकदोहोरी गायक श्याम रानाकाे प्रस्तुति रहने भएको छ । श्याम राना आउने भए पछि दर्शकको उपस्थिति थप बढ्ने अपेक्षा गरिएको छ । राना सँगै अन्य राष्ट्रिय कलाकार रामजी पौडेल, सुमन थापा र शुश्मा ठकुरीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक सुमन सापकोटाले जानकारी दिए । यस्तै आइतवार साँझ ७ बजेदेखि पोख्रेली ब्याण्ड लेकालीको लाइभ कन्सर्ट हुने संयोजक प्रकाश थापाले बताए ।

महाेत्सवकाे दाेस्राे दिन शनिवार विदा रहेकाले दर्शकको उपस्थिति उल्लेख्य भएको महाेत्सवमा आज अझै दर्शकको संख्या बढ्ने शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले बताए ।
शनिवार चर्चित लोकदोहोरी गायक राजन कार्की, सरस्वती लामिछाने, लक्ष्मी बानीया, हास्य कलाकार एवम् गायक नवराज काप्रि ‘धादिङ्गे भाले’ लगायतको प्रस्तुती रहेको थियो । फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले जानकारी दिए । महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page