आँबुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

आँबुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न

आँबुखैरेनीमा स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकामा सोमबार स्थानीय तह स्तरीय विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला २०८१ कार्यक्रम सम्पन्न गरेको हाे ।

सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुर हरि आर्चायको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा रामशाह माध्यमिक विद्यालयको सभाहलमा उक्त कार्यक्रम गरिएको थियो ।
बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले विद्यार्थीका लागि सिर्जनात्मक लेखन कार्यशाला कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । कार्यक्रममा
आँबुखैरेनी गाउँपालिका भित्रका विभिन्न ९ वटा सामुदायिक विद्यालयहरुबाट गरी ४१ जना विद्यार्थी सहभागि भएकोमा लक्ष्मीमावि प्युघर कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रवेश आले प्रथम हुन सफल भएका छन् ।
कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्य , आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवर , आँबुखैरेनी क्याम्सका निवर्तमान क्याम्पस प्रमुख वावुराम देवकोटा, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने लगायतको उपस्थिती रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page