नेवा : देय दवू तनहुँकाे अध्यक्षमा बन्दिपुरका किसान

नेवा : देय दवू तनहुँकाे अध्यक्षमा बन्दिपुरका किसान

नेवा देय दवु जिल्ला कार्यसमिति तनहुँकाे दसौं साधारणसभा एवम् पाचौं अधिवेशन फागुन १९ गते साेमबार जनजाति महासंघको भवन दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले बन्दिपुरका किसान प्रधानकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा महेन्द्र कुमार श्रेष्ठ , महिला उपाध्यक्षमा सरिता कुमारी श्रेष्ठ , उपाध्यक्षमा सुरेन्द्र श्रेष्ठ , सचिबमा दिपक श्रेष्ठ , महिला सचिव बिना श्रेष्ठ र कोषाध्यक्षमा तिर्थ लाल श्रेष्ठ चयन भएका छन् ।

नेवा देय दवु जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष क्याप्टेन तारालाल मल्लकाे अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हरिकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । उक्त अवसरमा केन्द्रीय सदस्य वसन्त श्रेष्ठ , प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठ , ताराप्रसाद श्रेष्ठ , शंकर नारायण श्रेष्ठ लगायतका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page