उर्जा मन्त्री खड्कालाई भानुभक्तको बिर्खे टाेपी लगाएर मेयर त्रिपाठीले गरे स्वागत
तनहुँकाे भानु आएका उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्कालाई भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठी लगायतका नेताहरूले स्वागत गरेका छन् । तनहुँको डुम्रेमा आजबाट हुने डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव उद्घाटन गर्न हेलिकप्टरबाट आएका उर्जा मन्त्री खड्कालाइ भानुभक्तको बिर्खे टोपी लगाएर भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले स्वागत गरेका हुन् ।

केहीबेरमा मन्त्री खड्काले डुम्रे महाेत्सवकाे उद्घाटन गर्दैछन् । फाेटाे राजेश कार्की

























