गण्डकी प्रदेशको पालिका स्तरीय फुटबलको उपाधि म्याग्दे गाउँपालिकालाइ
तनहुँको म्याग्दे गाउँपालिकाकाे आयाेजनामा भएकाे गण्डकी प्रदेशको पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिताकाे उपाधि आयाेजक म्याग्दे गाउँपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा दाेर्दी गाउँपालिकालाइ पेनाल्टीमा पराजित गर्दै म्याग्देले उपाधि जितेको हाे । प्रतियोगितामा प्रथम भए सँगै म्याग्देले तीन लाख पुरस्कार पाउने भएको छ भने द्धितीय भएको दाेर्दी गाउँपालिकाले रु एक लाख ५० हजार तथा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ ।

लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन तथा खेलकुदको माध्यमबाट म्याग्देको थप पहिचान गराउन उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

‘म्याग्देको पर्यटन विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन १६ देखि वडा नम्बर ५ को छाङपाटन खेलमैदानमा प्रतियोगिता भएको थियो । विजयी टिमलाई केही दिनपछि पुरस्कार वितरण गरिने गाउँपालिकाले जनाएको छ ।
























