सुचनामा विभेद गर्दै तनहुँ प्रहरी

सुचनामा विभेद गर्दै तनहुँ प्रहरी

जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका सञ्चारकर्मीलाई दिने सुचनामा विभेद गरेको छ । जिल्लामा प्रहरी सँग सम्बन्धित सबैभन्दा धेरै समाचार लेख्ने तनहुँ प्रेस र यसका कार्यकारी सम्पादक बिकास खनाल दुबैकाे मेलमा प्रहरीले सुचना दिन छाेडेकाे छ । जिल्ला भित्र घटेका घटना तथा प्रहरी सँग सम्बन्धित बिषयहरू तनहुँ प्रेसलाई दिन किन विभेद गरियाे याे रहस्यमय बिषय रहेको छ ।

सुचना दिन मात्रै हाेइन तनहुँ प्रहरीले आम नागरिक सँग सराेकार रहेको सार्वजनिक सुचनामा समेत विभेद गरेको छ । तनहुँ प्रहरीले सडक दुर्घटना न्युनिकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँकाे अनुरोधमा समेत फरक व्यवहार देखाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख बिरेन्द्र बहादुर शाहीले केही सञ्चारकर्मीलाई फाेन नैं गरेर त्यो सार्वजनिक सुचना राख्नका लागि भनेका थिए ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी निरीक्षक राजु अधिकारी सँग केही समय अगाडि बिषय जानकारी समेत गराइएको थियो ।
यस बिषयमा जानकारी गराउँदा नयाँ प्रहरी कर्मचारी फेरिएका कारण यस्तो भएको हुनसक्ने बताएका उनलेे तत्कालै मेल आइडी टिपेर एउटा मेल गरेपनि पुन अहिले अवस्था दाेहाेरिएकाे छ । बर्षाैँदेखी आइरहेकाे सुचना कर्मचारी फेरिएर राेकिएकाे ढाँटछलका कुरा बताए पनि जानकारी गराउँदा समेत यही व्यवहार दाेहाेरिएपछी प्रहरीले विभेद गरेको हाे भन्ने प्रमाणित भएको छ। तनहुँ प्रेसले पटकपटक प्रहरी सँग सम्बन्धित समाचार लेख्नेगरेपछी त्यसको बदलामा सुचनामा राेक लगाएको अनुमान लगाउन सकिन्छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page