दमाैलीमा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा:
दमाैलीमा द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी सञ्चालनमा आएको छ । व्यास नगरपालिका वडा नम्बर २ गणेशमान चाेक नजिकै एजुकेसन कन्सल्टेन्सी प्रा.ली सञ्चालनमा आएको हो ।

मुख्य कार्यालय नयाँ बानेश्वर काठमाडौमा रहेको यस कन्सल्टेन्सीकाे १५ औं शाखा मध्येको एक शाखा दमाैलीमा सञ्चालनमा आएकाे हो। कन्सल्टेन्सीका सि.ई.यो शालिकराम भण्डारीले एक कार्यक्रमका बिच दमाैली शाखाकाे उद्घाटन गर्दै शुलभ अनी सुरक्षित कल्सल्टेन्सीका रुपमा यसलाई अगाडि बढाउने बताए ।

कन्सल्टेन्सीले अन्तर्राष्ट्रिय स्थरमा अस्ट्रेलियाको सिड्नी र हाल सालै श्रीलंकामा पनि आफ्नो शाखा बिस्तार गरि सकेको उनले जानकारी दिए ।
अस्ट्रेलिया , क्यानडा , युएसए , युके , न्युजिल्यान्ड , आयरल्याण्ड मा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै कन्सल्टेन्सी सञ्चालनमा आएको सञ्चालक मध्येका एक सुनील श्रेष्ठले बताए ।
कन्सल्टेन्सीमा लामो अनुभव भएका प्रशिक्षकहरुबाट भाषा प्रशिक्षण सँगै दैनिक कक्षाहरू सञ्चालन पनि गराईने श्रेष्ठले जानकारी दिए । साथै सम्पूर्णमा ढुक्क भएर द नेक्स्टमा आउन पनि उनले आग्रह गरे ।




































