जेसीआई ब्यासनगरको तला थप्न श्रेष्ठले गरे ५० हजार सहयोग:
जेसीआई ब्यासनगरको सचिवालयको तला थप एवं ब्यवस्थापनकाे काम तत्कालै अगाडि बढ्ने भएको छ ।

तला थप्ने कामको लागि जेसीआई ब्यासनगरका संस्थापक अध्यक्ष एवं सामाजिक ब्यक्तित्व जेसीआई सिनेटर रामलाल श्रेष्ठले रु.५० हजार सहयोग गरेका छन् । श्रेष्ठले भवन निर्माण समितिका संयाेजक सुरेश पुरी तथा व्यासनगर अध्यक्ष नवीन पुरीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

करिब १५ लाख रूपयां भवनकाे निर्माणका लागि लाग्ने भए पनि जेसीआई सँग प्रयाप्त रकम नभएकोले सहयोग संकलन गरेर भवनकाे तला थप्ने पुरीले बताए । तला थप भए पछि हल निर्माण हुने र त्यसले भाेलिका दिनमा हरेक बैठक तथा अन्य कार्यक्रमहरूकाे लागि सहज हुने बताइएको छ ।
ठेकेदार सँग १/२ दिन भित्रमा ठेक्का सम्झौता गरि कामलाई अगाडि बढाइने संयाेजक पुरीले जानकारी दिए ।




































