डुम्रे महाेत्सवमा आज अर्जुन सापकोटा , एन्जिला रेग्मी लगायतका कलाकार आउने

डुम्रे महाेत्सवमा आज अर्जुन सापकोटा , एन्जिला रेग्मी लगायतका कलाकार आउने

तनहुँकाे डुम्रेमा जारी चाैंथाे डुम्रे साँस्कृतिक महाेत्सवमा आज अर्जुन सापकोटा , एन्जिला रेग्मी , चाेलेन्द्र पाैडेल लगायतका कलाकारहरू आउने भएका छन् । यस्तै महाेत्सवमा स्थानीय कलाकार सुभद्रा श्रेष्ठ , श्रीराम गन्दर्भ लगायतकाे प्रस्तुति रहने कलाकार संयाेजक सुनिल श्रेष्ठले बताए । महाेत्सवमा सुक्रवार
बद्री पंगेनी , सृजना खत्री , मञ्जु विक लगायतका कलाकारहरूले प्रस्तुती दिएका संयाेजक श्रेष्ठले जानकारी दिए ।

महाेत्सवमा फरक अनुभवकाे आनन्द दिन ल्याइएको सुनामी पिङ दर्शकहरूकाे राेजाइकाे खेल बनेको छ । सुनामी खेल खेलेर दर्शकहरूले थप फरक मनाेरञ्जन लिएका छन् ।यस्तै महाेत्सवमा डुङ्गा चढ्न पाइने व्यवस्था मिलाइएको छ । विभिन्न रमाइलो मेलाका अतिरिक्त चुँदी खाेलामा ताल बनाएर एकसय रूपयाँमा डुङ्गा चढ्न पाइने भए पछि दर्शक त्यसतर्फ समेत आकर्षित भएको महाेत्सवका प्रवक्ता सुवाेध अधिकारीले बताए । हिमालयन रिभर अपरेटर कम्पनीको दुईवटा डुङ्गा दर्शकहरूकाे लागि राखिएको छ ।
महाेत्सवमा हरेकदिन ख्यातिप्राप्त कलाकार आएपछी दर्शकको चाप पनि दिनदिनै बढेको छ । यस्तै आयाेजकले महाेत्सव प्रवेशमा बिहान ११ बजेसम्म निशुल्क प्रवेशकाे व्यवस्था मिलाएपछि पनि दर्शक बढेका छन् । महाेत्सवमा आउने दर्शकहरूलाइ विभिन्न किसिमका सुविधा दिएको आयाेजकले प्रवेश पास समेत निशुल्क व्यवस्था मिलाएको हाे । यस्तै महाेत्सवमा जेष्ठ नागरिक तथा १० वर्ष मुनिका बच्चालाई समेत निशुल्क गरिएको महाेत्सवका सहनिर्देशक राजेन्द्र पियाले बताए । महाेत्सव उद्घाटनका दिन व्यानर लिएर आउने आमा समूह लगायतका संघसंस्थाका प्रत्येक टिमलाई १० वटा पास पनि निशुल्क छुट्याइएको पियाले जानकारी दिए ।

यस्तै महाेत्सवमा बन्दिपुर केवलकारमा छुट , रेष्टुराँमा छुट , एनटिसिकाे सिमकार्ड फ्री लगायतका सुविधा हरू समेत व्यवस्था मिलाइएकाे छ । यस्तै महाेत्सवमा टिकट काट्नेले बन्दिपुर केवुलकारमा समेत विभिन्न छुट पाउने भएका छन् । महाेत्सवकाे टिकटमा बन्दिपुर केवलकार जान ३५% छुटको व्यवस्था गरिएको छ । यस्तै रेष्टुराँमा १५ प्रतिशत , स्काइलिङ , जिपल्याण्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएकाे छ ।

व्यापारिक, सांस्कृतिक, पर्यटकीय विकासको नारा, डुम्रे महोत्सवको अभिभारा ” भन्ने मुख्य नारा सहित बुधबारबाट सुरु भएको महोत्सव भानु नगरपालिका वडा नं १ काे पुल्चोकमा भइरहेको छ ।

तनहुँ उद्योग वाणिज्य संघ, डुम्रे बजार इकाइको आयोजनामा भएको महोत्सवले यस क्षेत्रका आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ । तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाईका अध्यक्ष हेमलाल भिकेले महोत्सवले यस क्षेत्रको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । महाेत्सवमा याम्पाकाे ताजा तरकारी र दुधका ताजा परिकारहरू राखिएको छ। दुधका परिकार र ताजा तरकारी राख्ने गरि कृषकहरूलाई आयाेजकले निशुल्क स्टल दिए पछि दर्शक एवम् ग्राहकले उक्त सुविधाकाे लाभ लिएका छन् । महाेत्सव भाेली सकिँदैछ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page