तनहुँमा च्याउ खाँदा एउटै परिवारका १० जना बिरामी
तनहुँमा बारीमा उम्रेकाे च्याउ खाँदा एउटै परिवारका १० जना बिरामी भएका छन् । जिल्ला स्थित म्याग्दे गाउँपालिका वडा नं ६ सर्वलाङ्ग बस्ने नारायण मगरको आफ्नै बारीमा उम्रेकाे च्याउ व्यास ६ शान्तिटाेल मामाघर गुरु बहादुर पुलामीकाे घरमा पकाएर खाँदा पुलामी सहित सुरेन्द्र बहादुर पुलामी लगायतका मानिसहरू बिरामी भएको बताइएको छ ।

बिरामीहरूकाे हाल दमाैली अस्पतालमा उपचार भइरहेको छ । बिरामीहरूमा पेट दुख्ने , बमिट आउने , पखाला लाग्ने , रिंगटा लाग्ने जस्ता समस्या देखिएका छन् ।

























