लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ एल नेपालको अधिवेशनमा पाैडेल उठ्ने
लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ एल नेपालको यहि चैत्र २३ गते काठमाडौंमा तेस्रो महाधिवेशन हुने भएको छ । अधिवेशनमा लायन्स क्लब अफ तनहुँ भानुभक्तका पुर्व अध्यक्ष लायन्स लिडर सुरेन्द्र पौडेलको उम्मेद्वारी रहने भएको छ।

दमौली स्थित ५ वटा लायन्स क्लबहरु लायन्स क्लब अफ तनहुँ , तनहुँ व्यास सिटि, तनहुँ भानुभक्त , तनहुँ सत्यबती र तनहुँ दमौलीको चैत्र २ गते बसेको संयुक्त बैठकबाट पौडेललाई वर्ष २०२५/२६ का लागि दित्तीय भाइस डिष्ट्रीक्ट गभर्नर पदमा प्रस्ताब गरेको बताइएको छ । वर्ष २०२२/२३ मै उम्मेदवारी प्रस्ताब गर्नु भएका लिडर पौडेलले 0२५/२६ मा सर्वसम्मत गर्ने हिसावले पोखराका लायन एक नारायण शर्मालाई मार्ग प्रसस्त गरेका थिए । सोही समयमा भएको सहमती अनुसार यस पल्ट तनहुँले आफ्नो दाबी प्रस्तुत गरेको हो।

























