दमाैली बजारका घर तत्कालै भत्काइ बर्षात अगाडि नैं कालाेपत्रे गरिने:

दमाैली बजारका घर तत्कालै भत्काइ बर्षात अगाडि नैं कालाेपत्रे गरिने:

मुग्लिङ्ग–पोखरा सडक विस्तार आयोजना अन्तर्गत दमौली बजार खण्डमा सडक अधिकार क्षेत्र भित्र रहेका घर यथाशिघ्र भत्काइ बर्षात अगाडि नैं कालाेपत्रेकाे काम गरिने भएको छ ।
व्यास नगरपालिकाको समन्वयमा विहिबार भएको सर्वपक्षिय बैठकले सडक क्षेत्रमा पर्ने घरहरु यथाशिघ्र भत्काई सडक निर्माण कार्यलाई तिब्रता दिने मात्रै हाेइन बर्षात अगाडि नैं कालाेपत्रेकाे काम समेत सक्नुपर्ने निर्णय गरेको हाे ।

सराेकारवाला हरूकाे बैठकले राजमार्गको स्तरोन्नतीको क्रममा देखा परेका अप्ठ्याराहरुलाई समाधान गर्दै सडक निर्माण कार्य अगाडी बढाउने निर्णय गरेको छ । दमौली बजार खण्डमा सडक अधिकार क्षेत्र भित्र रहेका घर भत्काउने, खानेपानीका पाइप बिजूलीका पोल,समेत स्थानान्तरण गरी समयमै काम सम्पन्न गर्नुपर्ने हुँदा सम्बन्धित घरधनीलाई सहयोग पुर्याउनुहुन अनुरोध गर्दै सरोकारवाला सबैको आपसी समन्वयमा पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको सो बैठकमा गन्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरिक्षक अपिलराज बोहोरा, तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ मिश्र, दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष बृषराज श्रेष्ठ लगायत, विभिन्न वडाका अध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सडक आयोजनाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page