दमाैलीमा सिडियाे , एसपी निवास नजिकै लागुऔषधकाे अखडा

दमाैलीमा सिडियाे , एसपी निवास नजिकै लागुऔषधकाे अखडा

पछिल्लो समय दमाैली आसपासका धार्मिक क्षेत्रहरू लागूऔषध कारोबार तथा प्रयाेगकर्ताहरूकाे ‘ट्रान्जिट’ बन्न थालेको छ ।
प्रमुख जिल्ला अधिकारी निवास तथा प्रहरी प्रमुख एसपी निवास आसपासका धार्मिक क्षेत्रहरू गाेरखनाथ मन्दिर , पञ्चमन्दीर ,संस्कृत स्कुल पछाडिका भाग , मादी नदि , पराषर क्षेत्र आसपासका ठाउँमा लागूऔषध प्रयाेगकर्ताहरूकाे अखडा बन्दै गएकाे छ ।

गाेरखनाथ मन्दिर , पञ्चमन्दीरमा त त्यस्ता गतिविधिका युवाहरूको डरले पुजा गर्न समेत जान डराउँछन् महिलाहरू । पुजा गर्न एक्लै जान सकिँदैन , केटाहरू लठ्ठ परेर बसिरहेका हुन्छन् , नजिक पुग्दा गाँजा गन्हाउछ , सुइ हान्छन् , त्यस्तो भए पछि जान डर लाग्छ स्थानीय इश्वरी श्रेष्ठले भनिन् । दमाैलीकै महत्त्वपूर्ण धार्मिक क्षेत्रमा यस्तो कुलतमा लागेका युवाहरू लठ्ठ परेर बसेका देख्दा अन्यत्र बाट घुम्न आएका मानिसलाई समेत नकारात्मक प्रभाव पर्छ श्रेष्ठले भनिन् ।
दिनहुँजसो लागुऔषध ओसारपसार तथा प्रयोगकर्ता बढ्दै जाँदा पनि प्रहरीले नियन्त्रणमा चासो नदिने गर्दा धार्मिक क्षेत्र असुरक्षित बन्दै गएको छ । लागुऔषधको दुरुपयोगको समस्या दिनानुदिन बढिरहेकाे अवस्थामा तनहुँ प्रहरी आक्रमक शैलीमा लाग्नुपर्नेमा निरीह देखिएको छ । त्यतिमात्र हाेइन साँझकाे समयमा गस्ती समेत नगर्ने टाेलबासी बताउँछन् । हामी त हैरान भयौं , पटकपटक यस्ता विषयमा जानकारी गराउँदा पनि प्रहरीले गम्भीरता नदेखाएको टाेल अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।
साँझ परेपछि जाेडाजाेडिहरूकाे हर्कतले टाेलबासी नैं लज्जामा बस्नुपरेको एक टाेलबासीले बताए । अति नैं बिक्रीती वढ्याे , सम्बन्धित निकायमा जानकारी गराएपनी एकदुई दिन ताते जस्तो हुन्छ अनि सेलाउँछ उनलेे भने । अर्का एक टाेल सदस्यले त प्रहरी आँफै गाँजा खान आउने गरेको बताए । युनिफर्ममै आउँदा टाेलका महिलाहरूले लखेटेकाे भन्दै उनलेे प्रहरीलाई नाम सहित जानकारी गराउँदा उसको जागिर जान्छकी भन्ने मायाले नाम नभनेको बताए ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी एवम् डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा त्यस्तो गुनासो नआएकाे बताए । प्रहरी सधैं गस्ती गरिरहने भन्दै उनलेे त्यस्तो समस्या आएकाे ठाउँमा गस्ती बढाइने जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page