२५ लाखको जग्गा दान दिने हड्खलेलाइ नवआदर्श समुहको सम्मान !
तनहुँकाे व्यास-नगरपालिका वडा नं १ नवआदर्श टोलमा रहेको नवआदर्श टोल विकास संस्था र नवआदर्श आमा समुहको नवनिर्मित भवनको उद्घाटन भएको छ । भवनको कार्यक्रमका प्रमुख अतिथि जग्गादाता एवं वयोवृद्दा सदस्य गंगाकुमारी हडखलेले उद्घाटन गरेकी हुन् ।
२०५५ सालमा स्थापित आमा समुह तथा २०६३ सालमा स्थापित टोल विकास संस्थाको भवनको लागि गंगाकुमारी हडखले तथा छोरा हरि हडखलेले जग्गा दान दिएका थिए । हड्खले परिवारले आमा समुहलाइ करिब २५ लाख रुपैयाँ बराबरको जग्गा दिएको र सो जग्गामा हाल रु २२ लाख रुपैयाँ को लागतमा नयाँ भवन निर्माण गरिएको बताइएको छ ।

उक्त भवन निर्माणका लागि व्यास न.पा.बाट ४,६३,०००/-,सांसद डा स्वर्णिम वाग्ले बाट रु १ लाख,टोल विकास संस्थाबाट रु ३ लाख र अन्य श्रोत आमा समुहको कोष,विभिन्न व्यक्तिबाट प्राप्त सहयोग जुटाइ निर्माण गरिएको आमा समुहका कानुनि सल्लाहकार अधिवक्ता डम्बरदेव हडखलेले बताए ।

आमा समुहका अध्यक्ष सिता अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भवन निर्माणमा जग्गा,नगद सहयोग गर्ने सहयोगदाताहरुलाइ सम्मान गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथि जग्गादाता गंगाकुमारि हडखलेले सहयोग गर्न पाउदा खुसि लागेको र अझ आवश्यक परेमा सहयोग गर्ने बताएको कानुनि सल्लाहकार हड्खलेले बताए ।
























