दमाैली खानेपानीको पाइप फुटेसँगै दमाैलीमा खानेपानी अनिश्चित
दमाैली खानेपानीको पाइप फुट्दा दमाैलीमा खानेपानी अझै अनिश्चित बनेको छ । दुई दिनदेखि नियमित हुन नसकेको खानेपानीको पाइप केहीबेर अघि मर्मत सकेर सनिवार बिहानबाट पानी धारामा आउने सुचना दिएको केही मिनेटमा व्यास ४ भाेर्लेटार चाेकमा फेरि ठुलो पाइप नैं फुटेको छ ।

पृथ्वी राजमार्ग सडक आयाेजनाका कारण खानेपानीको पानी वितरण गर्ने पाइपमा क्षति भएकाे बताएको खानेपानीले दिनभरि मर्मतकाे काम गरेको थियो । यद्यपि अहिले भर्खरै पुन पाइप फुट्दा पानी अनिश्चित बनेको हाे । पाइप फुट्दा निर्माणाधीन पृथ्वीराजमार्गमा पानी खाेलाे बगेजसरी बगेको स्थानीयले बताएका छन् ।

























