दमाैली खानेपानीकाे उपाध्यक्षमा सुवेदी सर्वसम्मत हुँदा अन्य पदमा ४४ जनाको उम्मेदवारी:

दमाैली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपाध्यक्षमा विशेश्वर सुवेदी सर्वसम्मत चयन भएका छन् । सुक्रवार भएको उम्मेदवारी दर्तामा उपाध्यक्ष पदमा सुवेदीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन् । सुवेदी सर्वसम्मत भए पनि अध्यक्ष लगायतका अन्य पदमा भने ४४ जनाको उम्मेदवारी परेको छ ।

संस्थाको पाँचौ अधिवेशन तथा १३ औं साधारण सभाकाे लागि अध्यक्षमा उम्मेदवारी दिनेहरूमा माधव अधिकारी , राजकुमार श्रेष्ठ, बुद्धिमान श्रेष्ठ र टुकबहादुर हमाल गरि चार जना रहेका छन् । उम्मेदवारी दिएका मध्ये अधिकारी सचिव हुँदै उपाध्यक्षमा थिए । उनले आफ्नाे जाने ठाउँ नैं अध्यक्ष मात्रै भएकोले सहयोग गर्न मतदातालाई भनेका छन् । यस्तै श्रेष्ठ गत अधिवेशनमा नै अध्यक्षको दाबेदार भएपनि अन्तिम समयमा आएर वर्तमान अध्यक्ष बृषराज श्रेष्ठलाई निर्विरोध रुपमा छोडि दिएका उम्मेदवार हुन् । त्यसैले उनले पनि जाने ठाउँ अध्यक्ष नैँ भएको बताएका छन् ।

यस्तै अध्यक्षका अर्का उम्मेदवार हमाल र राजकुमार कार्यसमितिकाे सदस्य भइसकेका तथा अन्य थुप्रै संघसंस्थाकाे नेतृत्व गरिसकेका अनुभवी व्यक्ति हुन् ।
हाल देखिएका सबै अध्यक्षका आकांक्षी काङ्ग्रेस पृष्ठभूमिका हुन् ।
यस्तै समितिकाे सचिवमा योगिता कायस्थ , बसुन्धरा घर्ती, र कृष्ण सुनारको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा चिरौकाजी बतास, हर्षमान श्रेष्ठ र दीर्घबहादुर थापाको उम्मेदवारी परेको छ ।
यता सदस्यहरुमा ८ जना चाहिनेमा ३४ जनाको उम्मेदवारी परेको छ । नयाँ नेतृत्व सर्वसम्मत हुन नसके मा सनिवार मतदान हुने छ ।




































