भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम
तनहुँको भिमाद नगरपालिकामा महिला नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन भएको छ। नगरपालिकाको वडा नम्बर ५ बुडुवा स्थित सोमबार वडा अध्यक्ष पदम बहादुर थापाले तालिमको ब्यानर वाचन गरेर उद्घाटन गरेका हुन्। अध्यक्ष थापाले कार्यक्रमको उद्घाटन गर्दै सामाजिक, राजनीतिक, शैक्षिक र आर्थिक क्षेत्रमा महिलाहरूको पहुँच पुर्याउनको लागि व्यक्तित्व विकासमा जोड दिएको बताए। महिलाहरुमा चेतनाको बिकास र निडर भएर बोल्ने बानिको बिकास गर्न उद्घोषण तालिमको महत्व रहेको थापाले बताए।

भिमाद नगरपालिका वडा नम्बर ५ को आयोजनामा संचालन भएको पाँच दिने महिला नेतृत्व तथा क्षमता विकास तालिमको शुभारम्भ कार्यक्रम वडा सदस्य मन बहादुर थापाको अध्यक्षतामा भएको थियो। क्षमता अभिबृद्दि र ब्यक्तित्व बिकास गर्ने उदेश्य सहित चैत २५ देखि २९ सम्म संचालन भएको उक्त तालिममा वडा नं ५ का सबै टोल बाट प्रतिनिधित्व गरि तीस जना सहभागी भएका थिए। सो तालिममा सहजकर्ताको रुपमा पत्रकार अन्जान परियार रहेका थिए।

तालिममा कार्यपालिका सदस्य मिना परियार र कला घर्ती उपस्थित रहेका थिए । सो कार्यक्रम वडाका कार्यालय सहयोगी दल प्रकाश थापाले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यपालिका सदस्य संगीता विश्वकर्माले राखेकी थिइन्।
























