भोर्लेटार चोक चाहियो भन्दै नाराबाजी
व्यास नगरपालिका वडा नं ४ र २ का स्थानीय बासिन्दाहरुले भोर्लेटार चोकको अस्तित्व कायम गर्नुपर्ने माग गरेका छन् ।

पृथ्वीराजमार्गको स्तरोन्नतिका क्रममा भोर्लेटार चोक अस्तित्व नै नामेट पार्ने हिसाबले काम भएको भन्दै उनिहरूले भाेर्लेटार चाेक रहनुपर्ने माग राखे। भोर्लेटार चोकको अस्तित्व नामेट पार्न लागिएको भन्दै स्थानीयहरुले शुक्रबार बिहान भोर्लेटार चोकमा विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा स्थानीय सडक बिस्तार आयोजनाले दादागिरी गरेको आरोप लगाएका थिए । भोर्लेटार चोकको अस्तित्व नामेट गर्ने हिसाबले सडक निर्माण कार्य भए आफूहरुलाई स्वीकार्य नहुने विरोध प्रदर्शनमा उत्रिएकाहरुको भनाई रहेको थियो ।
























