तनहुँकाे सवारी दुर्घटनामा आन्दाेलन गरेर फर्केका प्रधानाध्यापक घले र श्रेष्ठको मृत्यु , १४ घाइते
डुम्रे बेसीशहर सडकखण्ड अन्तर्गत तनहुँको भानु-१० नेपालडाँडामा माइक्रो र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

दुर्घटनामा परी गम्भीर घाइते भएका मनाङ नासोँ-८ का ४० वर्षीय मन घलेको लमजुङको नमुना सामुदायिक अस्पतालमा उपचारका क्रममा १२:३० बजे मृत्यु भएको हो। उनी काठमाडौंमा भएको शिक्षककाे आन्दाेलनमा गएर फर्केका थिए ।

त्यस्तै स्कुटरमा सवार लमजुङ बेँसीशहर-८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको पनि प्रदेश अस्पताल दमौलीमा उपचारका क्रममा दिउँसो १:२९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरू विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरूको विवरण यसप्रकार छः
भोटेवडार अस्पताल प्रा.लि., सिउँडीबार, लमजुङ
१. दिपेन्द्र श्रेष्ठ, ४१, लमजुङ बेँसीशहर–८, स्कुटर चालक – टाउको, घाँटी, छाती र अनुहारमा चोट, अवस्था गम्भीर, दिउँसो १:०० बजे चितवन मेडिकल कलेज रिफर।
२. पुजा गुरुङ, १४, लक्ष्मी गुरुङकी छोरी – घाँटी र छातीमा चोट, अवस्था मध्यम, दिउँसो १:०० बजे CMC चितवन रिफर।
३. प्रेमबहादुर सुनार, ५२, ओखलढुंगा मलुङ–३ – बाँया खुट्टा भाँचिएको, छातीमा चोट, अवस्था मध्यम, दिउँसो २:३० बजे चितवन मेडिकल कलेज रिफर।
४. युनिशा गुरुङ, २४, लमजुङ दुधपोखरी–५ – टाउको, घाँटी र दुबै हातमा चोट, अवस्था मध्यम, दिउँसो १:४० बजे CMC चितवन रिफर।
५. राजकुमारी गुरुङ, ६७, लमजुङ बेँसीशहर–५ – दाहिने खुट्टामा चोट, अवस्था सामान्य।
लक्ष्मी अस्पताल, डुम्रे
फाेटाे सामाजिक सञ्जाल
























