दमाैली इकाईकाे हाेली विशेष कार्यक्रमकाे व्यास नगरप्रमुख न्याैपाने द्वारा उद्घाटन:

दमाैली इकाईकाे हाेली विशेष कार्यक्रमकाे व्यास नगरप्रमुख न्याैपाने द्वारा उद्घाटन:

फागुपुर्णिमा पर्वकाे अवसरमा तनहुँ उद्योग बाणिज्य संघ दमाैली बजार इकाईले आयाेजना गरेको हाेली विशेष कार्यक्रमकाे व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्याैपानेले उद्घाटन गरेका छन् ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि नगर प्रमुख न्याैपानेले हाेली मित्रता , सद्भाव , हार्दिकताकाे पर्व भएको बताए । रङ्गिविरङ्गि गराउने देखि हरेक दृष्टिकाेणले हाेली पर्व महत्त्वपूर्ण भएको न्याैपानेकाे भनाइ थियो ।

दमाैली बजारलाई व्यवस्थित बनाउन , हामी भित्र भएको साैन्दर्यतालाई थप आकर्षक बनाउन तनहुँ उद्योग बाणिज्य संघ सँग मिलेर काम गर्न नगरपालिका तयार रहेको न्याैपानेले बताए । दमाैली आसपास भएका पर्यटकीय धार्मिक ठाउँहरूकाे प्रचारप्रसार गरेर जतिसक्दो धेरै पर्यटकहरू यहाँ भित्र्याउन साझेदारी गरेर अगाडि बढ्न व्यास नगरपालिका तयार रहेको न्याैपानेले बताए ।

कार्यक्रमकाे बारेमा प्रकाश पार्दै दमाैली बजार इकाईका सभापति सुकनारायण मल्लले
संस्कृति जाेगाउन यस किसिमको कार्यक्रम आयाेजना गरिएको बताए । परम्परा र संस्कृति सँगै मनाेरञ्जनकाे लागि डाेरि तान्ने प्रतियोगिता , घैंटाे फुटाउने प्रतियोगिता , जुम्बा डान्स , लाेक दाेहाेरि लगायत हाेली हंगामा कार्यक्रम राखिएको मल्लले जानकारी दिए ।

सभापति मल्लकाे सभापतित्वमा भएको कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ नाथ मिश्र , वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ ,बुद्धिमान श्रेष्ठ ,अञ्जु दाहाल लगायतका बक्ताहरूले बाेलेका थिए । व्यास ३ अनशन चाैतारि खुल्ला मैदानमा भएको कार्यक्रममा ठुलो संख्यामा सर्वसाधारणकाे उपस्थिति रहेकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page