भानुकाे प्रभात माध्यमिक बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

भानुकाे प्रभात माध्यमिक बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग

श्री प्रभात माद्यामिक बिद्यालय सिम्पानी, तनहुँसुरका पुर्व बिद्यार्थीहरू एवम् सामाजिक अभियान्ताहरूले शैक्षिक सामाग्री सहयोग गरेका छन् । बाल बिकाश देखि कक्षा दश सम्मका सम्पुर्ण विद्यार्थीलाई यस शैक्षिकसत्र २०८२ मा आवस्यक पर्ने सम्पूर्ण शैक्षिक सामाग्री विभिन्न मुलुकमा छरिएर रहेका सामाजिक अभियान्ता तथा श्री प्रभात मा. बिद्यालयका भूपू बिधार्थीहरुले नि:शुल्क उपलब्ध गराएका हुन् । उक्त सामाग्री एक कार्यक्रम बिच अभियन्ता प्रकाश चन्द्र गुरुङ्गले बिधालयलाई हस्तान्तरण गरेका थिए ।

सामाजिक अभियन्ता बबी सिंह, कालिदास दाहाल तथा संजु अधिकारीले छोटो अवधी भित्र सो कार्यक्रमलाई आवस्यक पर्ने रकम जुटाउन सफल भएका हुन्।विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि भएमा आगामी बर्षहरुमा पनि यस कार्यक्रमले निरन्तरता पाउने उनिहरूले बताएका छन् ।
परदेशमा बसेर आर्थिक सहयोग पुर्‍याउनेहरुमा सो बिधालयका पूर्व बिधार्थिहरु पूर्ण थापा ( काजी ), संजु अधिकारी, सुजन खड्गि, राम प्रधान, लक्ष्मण प्रधान, शुक बहादुर शुर्खाली र बिक्रम श्रेष्ठ रहेका छन् । त्यसैगरी पोखरा-२२ कालाबाङ्ग पुम्दिभुम्दिका तौ प्रसाद गुरुङ्ग, लक्ष्मी गुरुङ्ग तथा तोल प्रसाद गुरुङ्ग समेत रहेका छन् । उक्त कार्यकाे पोखरा -२२ कालाबाङ्ग, पुम्दी-भुम्दीकै प्रकाश चन्द्र गुरुङ्गले संयोजनको भूमिका निर्वाह गरेका थिए ।
कार्यकम भानु न. पा. उप प्रमुख उमा गोतामेको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै भानु नगरपालिका उप प्रमुखका सल्लाहकार तथा प्रभात मा. विद्यालयका पूर्व बिधार्थी धुर्व थापाले यो अभियानलाई निरन्तरता दिन सम्पूर्ण पूर्व बिधार्थी तथा सामाजिक अभिन्ताहरुलाई ” यस मातृभूमिको माया ” अभियानमा जोडिनको लागि अपिल गरेका थिए । उक्त कार्यक्रमा बिधार्थी , समाजसेवी, राजनीतिक दलका स्थानीय नेताहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

आर्थिक सहयोग गर्नेका आफन्तजनलाई बिशेश अथिति तथा अभियानका प्रतिनिधि प्रकास चन्द्र गुरुङ्ग तथा उप प्रमुख उमा गोतामेले फूलमाला लगाएर अभिनन्द्न गरेका थिए । बि. ब्य.समितिका अध्यक्ष रितेश खड्गिको अधक्षता भएको कार्यक्रम प्रधानाध्यापक सन्तोष ढकालले सन्चालन गरेका थिए ।

प्रभात माध्यमिक बिद्यालय बि. ब्य. समितिका अध्यक्ष रितेश खड्गि तथा प्र अ चीज कुमार सुर्खालीले सम्पुर्ण अभियन्ताहरुलाई बिश्वाश दिलाएको कारण यो अभियान सफल भएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page