लागु औषध सहित तनहुँबाट २ जना पक्राउ

लागु औषध सहित तनहुँबाट २ जना पक्राउ

नियन्त्रित लागु औषध सहित तनहुँबाट २ जना व्यक्तिहरु पक्राउ परेका छन् । जिल्लाकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटार स्थित पृथ्वी राजमार्ग सडक-खण्डमा प्रहरी टोलिले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा लागू औषध सहित दुई व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कास्कीकाे पोखरा महानगरपालिका वडा नं. ३१ बस्ने वर्ष ३० को आशिक जलारी र तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नं. ३ बस्ने वर्ष २२ को प्रदिप वि.क.रहेका छन् । उनिहरूले साथमा लुकाई छिपाई ल्याएको अवस्थामा Diazepam-६२ एम्पुल, Phenergan-६२ एम्पुल, Noophin-६२ एम्पुल गरी जम्मा १८६ एम्पुल नियन्त्रित लागु औषध सहित पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page