भानु १२ काे भिसी शेरबहादुर माेटरमार्ग कालाेपत्र भएपछि स्थानीय खुसी

भानु १२ काे भिसी शेरबहादुर माेटरमार्ग कालाेपत्र भएपछि स्थानीय खुसी

तनहुँको भानु नगरपालिकामा पर्ने भिसी शेरबहादुर मोटरमार्ग कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । कालोपत्रेले यात्राको समय छोटिएको छ भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज भएको छ ।
सडक डिभिजन कार्यालय दमौलीको ७१ लाख २४ हजारको ठेक्का सम्झौता वाट निर्माण व्यावसायी अर्घौ डेभलपर्स प्रा लि ले ५३० मिटर पक्की नाला ४६२ मिटर कालोपत्रेको काम निर्धारित समयमै सम्पन्न भएको निर्माण समितिको अध्यक्ष सुशीलचन्द्र भण्डारीले जानकारी दिए । कम्पनीले भानु नगरपालिका–१२ मा कालोपत्र गरेको हो । चारसय ५० घरधुरीका बासिन्दा यो मार्गबाट आवतजावत गर्ने उनले बताए । भण्डारीले भने, ‘कालपत्रले स्थानीयमा खुसी छाएको छ आगामी वर्ष बजेटको माग गरेर बाँकी भागमा कालोपत्र गर्न लागिपर्छौं ।

’ कृषि उत्पादनहरु बजारीकरण गर्न सडक कालोपत्र भएसँगै सहज भएको मिर्लुङ बहुउद्देश्य कृषि फार्मका सञ्चालक कुशलचन्द्र अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page