घुमाउनेकाे झोलुङ्गे पुल दुई हप्ता बन्द हुने
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ मा रहेको त्रिशूली नदीमाथिको घुमाउनेकाे झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस्त भएपछि मर्मत कार्य सुरु गरिएको छ।

आँबुखैरेनी गाउँपालिकाले सूचना जारी गर्दै मिति २०८२ साल जेठ १७ गतेदेखि असार १ गतेसम्म पुल पूर्णरूपमा बन्द रहने जानकारी दिएको छ।

गाउँपालिकाका अनुसार मर्मतका क्रममा पुलका अधिकांश भागहरू हटाउनुपर्ने भएकाले सो समयमा आवतजावत असम्भव हुनेछ। मर्मत कार्य सम्पन्न नभएसम्म सर्वसाधारणले वैकल्पिक बाटो प्रयोग गर्न गाउपालिकाले अनुरोध गरेको छ।
























