गणेशमानचाेककाे ट्रेड सेन्टर भत्काइ पार्क बनाउन वडा बासिकाे हस्ताक्षर अभियान:

तनहुँकाे व्यास नगरपालिका वडा नं २ गणेशमानचाेकमा रहेको दमाैली ट्रेड सेन्टर भत्काइ खुल्ला पार्क बनाउन माग गर्दै (दबाब दिँदै) वडा बासिले हस्ताक्षर अभियान लाई तिव्र बनाएका छन् । त्यसकाे लागि अहिले वडाका १७ वटै टाेलका बासिन्दाले हस्ताक्षर गरि वडा नं २ काे कार्यालयलाई बुझाउने तयारी गरेका छन् । वडा बासिले यसको लागि कत्ति पनि पछाडि नहट्न वडा कार्यालयलाई दबाब दिँदै स्थलगत सर्जमिन मुचुल्का समेत तयार पारेका छन् ।
वडा बासिले तयार पारेको सर्जमिन मुचुल्का यस्तो छ-

लिखितम हामी तपसिल बमोजिमका मानिसहरु आगे व्यास नगरपालिका वडा नं. ०२ स्थित प्रसिद्ध धार्मिक स्थल छाब्दी बाराही मन्दिर जाने चौक, बालमन्दिर, सत्यवती व्यास वोर्डिङ र अन्य विद्यालय जाने करिव ७/८ हजार विद्यार्थि आवत जावत गर्ने मुख्य चोक तथा तनहुँ जिल्लाको सदरमुकाम क्षेत्रफलको आधारमा जनधनत्व धेरै भएको मुख्य बजार क्षेत्रमा पर्ने गणेशमानचोकको नाउँमा स्थापित गणेशमानचोकबाट पश्चिम दक्षिण तर्फ पर्ने जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेको (साविक जिल्ला विकास समिति तनहूँ। साविक फराकचौर ९/ग कि.नं. १६३७ क्षेत्रफल ६.१३.२.३ रहेको जग्गामा जिल्ला समत्त्वय समितिले टहरा निर्माग गरी हाल मीनी टे्ड सेन्टरको नाउँमा भाडामा लगाई व्यापार व्यवसाय संचालन गर्दै आएको, ट्रेड सेन्टर स्थापना अगावै वडावासीहरुले पार्क निर्माण हाट बजार जस्ता संरचना निर्माण गरी सो स्थानलाई खुल्ला राख्नुपर्ने माग भईरहेको र व्यास नगरपालिका वडा न. २ भित्र कुनै पनि पार्क, खुल्ला संरक्षित स्थान नभएको, सम्भावित हुन सक्ने प्रकोप महामारीलाई मध्यनजर राखि जुनसुकै बेला जनताको ज्यूज्यान जोगाउन र सुरक्षित हुनका लागि पनि उक्त स्थान अति नै आवश्यक भएको र दमौली टे्ड सेन्टरमा भएको व्यापार व्यवसायका कारण चोक साँगुराे भई सडक दुर्घटना भईरहेको, लागु औषध दुर्वेशनका वि‌क्तिहरु बडिरहेका, भित्रि बाटो तथा शौचालयको सरसफाई नहुँदा टोल नै दुर्गन्धित भए‌को र बजार क्षेत्रमा खुल्ला स्थान नहुँदा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको लागि खेल्ने ठाउ र विश्राम स्थल नभए‌को हुँदा सो स्थानलाई व्यवस्थित पार्कको रुपमा विकास गर्दा दमौली बजारको थप सौन्दर्यता हुने हुँदा दमौली ट्रेड सेन्टर हटाउनुपर्ने भनी यस बडा न. २ का टोल विकास संस्था लगाएत अन्य संस्थाको समेत संस्थागत रुपमा माग भई आएको हुदा सो स्थानलाई हाल भएको ट्रेड सेन्टरको रुपमा नै कायम रहन दिने कि ? सो ट्रेड सेन्टरको टहरा हटाई नमुना बाल उद्यानं पार्क निर्माण गर्ने भनी बडा कार्यालयबाट हामीलाई सोधनी हुंदा ट्रेड सेन्टर हटाई नमुना बाल उद्यान पार्क निर्माण गर्ने विषयमा हाम्रो पूर्ण सहमति रहेको व्यहोरा ठिक सांचाे हो। सोहि व्यहोरा बमोजिम जिल्ला समन्वय समितिलाई अनुरोध गरेमा केहि फरक पर्दैन । ट्रेड सेन्टर हटाई नमुना बाल उद्यान पार्क निर्माण गर्ने विषयमा हामी प्रतिवद्ध छौ र सो विषयमा आवश्यक सहयोग समेत गर्ने छौ भनी हामीहरुको राजीखुसीले यो स्थलगत सर्जमिन मुचुल्काको कागज लेखी लेखाई व्यास नगरपालिका २ न. बड़ा कार्यालय समक्ष पेश गरेका छौ ।

तपसिल

माथि उल्लेखित व्यहोरामा मेरो पनि सहमत छ भनी मनोमान खुशी राजीले सहिछाप गर्ने व्यास नगरपालिका बडा नं ०२ बस्ने हामि तपसिल वमोजिमका व्यक्तिहरुः

उक्त व्यहाेराकाे मुचुल्कामा अहिले सबै टाेलका बासिन्दाले सहि गरेर सक्ने चरणमा रहेको र सक्नासाथ वडामा बुझाउने सिद्धिविनायक टाेलका सचिव रामजी सुवेदीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page