सामुदायिक खानेपानी तथा संस्थाहरूलाई कर छुटकाे माग गर्दै ज्ञापनपत्र

सामुदायिक खानेपानी तथा संस्थाहरूलाई कर छुटकाे माग गर्दै ज्ञापनपत्र

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपाल तनहुँले सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र संस्थाहरूलाई कर छुट हुने कानुनी व्यवस्था माग गर्दै ज्ञापनपत्र बुझाएको छ । महासंघले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो। 

 नेपालको संविधानमा भएको प्रत्येक नेपालीलाई स्वच्छ खानेपानी तथा सरसफाइ पहुँचको हकलाई सम्मान गर्दै पूर्ण कार्यान्वयन गर्न महासंघको माग छ ।साथै उपभोक्ताले तिर्नुपर्ने करमा छुट, विद्युत महशुलमा छुट दिन ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

साथै खानेपानी तथा सरसफाइ संस्थाहरुमा विगतमा कर छुट हुने व्यवस्था रहेकोमा हाल आयकर ऐन २०५८, खानेपानी तथा सरसफाइ नियमावली २०८१ बाट यस वर्षदेखि कर लिने व्यवस्था गरेकोले उक्त व्यवस्थाको खारेज गरी गैर नाफामूलक सामुदायिक संस्थाको रुपमा स्थापित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा कुनै पनि प्रकारको कर नलाग्ने व्यवस्था गर्न नेपाल सरकारसंग ज्ञापनपत्रमा मार्फत  पुन: अनुरोध गरेको हो ।

तनहुँ जिल्लाका अध्यक्ष हिमनाथ पन्तले हस्ताक्षर गरेको पत्रमा उपभोक्ता संस्था/समूहले सामुदायिक योगदानमा आधारित सेवा प्रदान गर्दै आएकाले तिनीहरूलाई गैर-नाफामूलक संस्था मानेर सबै किसिमका करबाट छुट दिनुपर्ने उल्लेख गरिएको छ।

कार्यक्रममा उपभोक्ता महासंघ तनहुँका पदाधिकारी, सदस्य संस्था/समितिका प्रतिनिधिहरू तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page