सम्पदा लघुवित्त वित्तीय संस्था डुम्रेले गर्याे रक्तदान कार्यक्रम

सम्पदा लघुवित्त वित्तीय संस्था डुम्रेले गर्याे रक्तदान कार्यक्रम

तनहुँकाे बन्दिपुर १ डुम्रे बजारमा केन्द्रीय कार्यालय रहेकाे सम्पदा लघुवित्त वित्तीय संस्थाले रक्तदान कार्यक्रम गरेकाे छ ।
संस्थाले आफ्नो ९ औं स्थापना दिवशकाे अवसर पारेर साेमबार रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे । ” रक्तदान जीवनदान ” भन्ने मूल नारा सहित आयाेजना गरिएकाे कार्यक्रममा नेपाल रेडक्रस साेसाईटी प्रादेशिक रक्त संचार केन्द्र भरतपुरकाे प्राविधिक सहयाेगमा संस्थाकाे प्राङ्गण डुम्रे चिसापानीमा कार्यक्रम गरिएकाे हाे ।

राष्ट्रिय स्तरकाे कार्यक्षेत्र भएकाे नेपाल राष्ट्र बैंकबाट घ वर्गकाे ईजाजत प्राप्त सम्पदा लघुवित्त वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गरिएकाे जनाएकाे छ ।
कार्यक्रममा बन्दिपुर १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ , संस्थाका पदाधिकारी लगाएत स्थानीयले रक्तदान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page