राष्ट्रपति पाैडेलले तनहुँसुर खड्गकाली मन्दिरको उद्घाटन गर्ने:
राष्ट्रपति रामचन्द्र पाैडेलले यही बैशाख ३ गते व्यास नगरपालिका वडा नं ११ मा रहेको ऐतिहासिक तनहुँसुर खड्गकाली मन्दिरको उद्घाटन गर्ने भएका छन् ।
राष्ट्रपति पाैडेल तनहुँ आउने कार्यक्रम तय भए सँगै व्यास नगरपालिका नगरप्रमुख बैकुण्ठ नाथ न्याैपानेकाे अध्यक्षतामा तयारी बैठक सम्पन्न भएको छ । बैठक बस्नु अघि तनहुँसुर काे खड्गकाली मन्दिरको स्थलगत अनुगमन समेत भएको छ।
राष्ट्रपति पाैडेल यही बैशाख ३ गते म्याग्दे गाउँपालिकाकाे प्रशासकिय भवनको उद्घाटनका लागि तनहुँ आउँदै छन् । साेहि अवसर पारेर मन्दिरको पनि उद्घाटनकाे समय मिलाइएको हाे ।





































