तनहुँका कैदीबन्दीले एसईइ परिक्षा दिए:
तनहुँ, चैत्र १५ गते

तनहुँमा कैदीबन्दीले पनि परिक्षा दिएका छन् । भानु नगरपालिका–१ का कर्तब्य ज्यान मुद्धाका कैदीले यस वर्ष एसईई परीक्षा दिएका हुन् । व्यास नगरपालिका–३, दमौली स्थित महर्षिवेदव्यास सस्कृत माध्यमिक विद्यालय केन्द्रबाट उनलेे परिक्षा दिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
छ महिना अघि जेल परेका उनको पढाइलाई पर्खाल र काँडेतारले छेक्न सकेन । विशेष सुरक्षा व्यवस्था मिलाई परिक्षा केन्द्रमा पु¥याएर जाँच दिने व्यवस्था मिलाईएको शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिए





































