स्कुल बस जाममा पर्दा खैरेनी माविमा दश मिनेट ढिलो एसईई परिक्षा सुरु:
निरन्तर पानी परेर पृथ्वीराजमार्ग हिलाम्मे सँगै ठाउँ ठाउँमा यातायात अबरुद्ध हुँदा एसईई दिने परिक्षार्थिहरू प्रभावित भएका छन् । खासगरी थर्पु – खैरेनीटार सडक खण्डमा सवारीसाधन लामो समय जाम हुँदा खैरेनी माविमा परिक्षा केन्द्र भएका मीन मावि थर्पुका बिद्यार्थी हरू प्रभावित भएका हुन् ।

स्कुल बस जाममा पर्दा मीन माविका बिद्यार्थीहरू समयमा परिक्षाकेन्द्र पुग्न सकेनन् । बिहान ८ बजेबाट परिक्षा सुरु हुने र ७.३० बजे नैं परिक्षा केन्द्रमा पुग्नुपर्नेमा नपुगेपछि एकछिन परिक्षा अगाडि बढाउने बारेमा अलमल भएको थियो । एउटा स्कुलकै पुरै बिद्यार्थी नआएपछि केन्द्राध्क्षले एकछिन परिक्षा राेक्नुभयाे मीन माविका शिक्षक हरिश्चन्द्र घिमिरेले भने । त्यस्तै साेहि बिद्यालयका अन्य दुई जना बिद्यार्थी जामका कारण ४५ मिनेट ढिलो परिक्षा दिन पुगेका थिए ।

बाटोका कारण बिद्यार्थीहरू समयमा पुग्न नसक्दा उनिहरू मानसिक तनावमा रहेका थिए । बिद्यार्थीहरू हतारहतारमा जानुपर्दा ढुक्कसँग परिक्षा दिन तथा केन्द्राध्यक्षले एसईइमा ध्यानदिनुपर्ने कुराहरूकाे बारेमा भनेका नियमहरू सुन्न पाएका थिएनन् । मीन मावि बाट अहिले ७६ जना बिद्यार्थीले एसईइ दिएका छन् भने तनहुँबाट ५ हजार ४ सय ६२ जना परीक्षार्थी सहभागी छन्।




































