आदिकवि भानुभक्त क्याम्पसका बिद्यार्थीलाई स्वागत तथा बधाई:

स्वतन्त्र विद्यार्थी युनियन आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा क्याम्पसमा स्नातक तह प्रथम वर्ष तथा सत्रका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, स्नातक तह चौथो वर्ष तथा अन्तिम सत्रका  विद्यार्थीहरुलाई बधाई एवं वृहत् सांस्कृतिक कार्यक्रम क्याम्पस सभा हलमा सम्पन्न भएको छ ।

स्ववियु अध्यक्ष गौरव पन्थको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन व्यास नगर प्रमुख श्री वैकुण्ठ न्यौपानेले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि एवं संचालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, क्याम्पस प्रमुख महाप्रसाद हड्खले, आदिकवि भानुभक्त मा।वि। अध्यक्ष ऋषिराम ढुङ्गना, प्राध्यापक संघ आदिकविका सचिव सागर न्यौपाने, व्यवस्थापन विभाग प्रमुख रामभक्त घिमिरे एवं म्याथ विद्यार्थी सर्कलका अध्यक्ष वर्षा गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य स्ववियु सदस्य सुमन खड्काले र सञ्चालन स्ववियु सचिव अनुप आले मगरले गरेका थिए ।

कार्यक्रममा मानवीकी विभाग प्रमुख एवं पब्लिक प्रध्यापक संघ केन्द्रिय सदस्य बिमल गिरी, पूर्व क्याम्पस प्रमुख श्री कृष्ण न्यौपाने, सहायक क्याम्पस प्रमुख डा रामकुमार अधिकारी, सागर पौडेल, IQAC प्रमुख विश्वेश्वर तिमिल्सिा , नेपाली विभाग प्रमुख डा सुशील प्रसाद वाग्ले, विज्ञान विभाग प्रमुख राजन घिमिरे, अङ्ग्रेजी विभाग प्रमुख बसन्त कँडेल, विविए निर्देशक दिपा थापा, शिक्षा विभाग प्रमुख गजेन्द्र पौडेल, आईसिटी कार्यक्रम प्रमुख ई। घन बहादुर थापा, विभिन्न राजनितिक दलका भातृ सङ्गठनका प्रतिनिधिहरु, स्ववियु सचिव पदाधिकारी एवं सदस्यहरु ,कर्मचारी संघ आदिकवि इकाई अध्यक्ष विष्णु रिजाल,  प्रशासकीय अधिकृत बसन्ती आले थापा मगर, क्याम्पस प्राध्यापक तथा कर्मचारीहरु, विभिन्न क्याम्पसमा दर्ता भएका विद्यार्थी समितिका अध्यक्ष एवं प्रतिनिधिहरु लगायत ६५० भन्दा बढी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा २० वटा भन्दा बढी नृत्यहरु विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page