बेलबासका ठकुरी ७ गतेदेखि झापुटारबाट बेपत्ता , ३ जना पक्राउ , २ जना फरार

बेलबासका ठकुरी ७ गतेदेखि झापुटारबाट बेपत्ता , ३ जना पक्राउ , २ जना फरार

ब्यास नगरपालिका वडा नं १३ बेलवासका एक युवा बेपत्ता भएका छन् । साउन ७ गते ऋषिङ १ झापुटारमा साथी सँग गएका उनी एकाएक बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा अन्दाजी २७ वर्षकाे कमलेस चन्द ठकुरी रहेको उनका आफन्तहरूले बताएका छन् । उनी सम्पर्क बिहिन भएपछि घर परिवार , आफन्त तथा साथीहरू एवम् प्रहरीले खाेजीरहे पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन । कमलेसका बुवा दिलबहादुर चन्दका अनुसार ७ गते रातिदेखि झापुटारबाट छाेराे हराएको र तत्कालै छानबिन गरि सत्यतथ्य बाहिर आउनुपर्ने बताए । मेरो छाेराेकाे कि लास कि सास चाहियो , त्यसकै लागि प्रहरी कार्यालयमा न्याय माग्न आएका हाैं उनलेे भने । छाेराेलाइ केही युवाहरूले लखेटेर रहस्यमय तरिकाले बेपत्ता बनाएको उनलेे आराेप लगाए।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँका निमित्त प्रमुख डिएसपी अशोक थापा सँग सम्पर्क गर्दा घटना सम्बन्धमा अनुसन्धान जारी रहेको बताए । हामीले झापुटारबाट ३ जना संकास्पद युवाहरूलाई नियन्त्रणमा लिएको र अन्य फरार दुई जनाको खाेजी कार्य तिव्र पारिएको छ उनलेे भने । उनीहरू माथि अभद्र व्यवहारमा म्याद थपकाे लागि लगिएको समेत उनलेे बताए । हराउन भन्दा अगाडि त्यहाँ भेटिएका युवाहरूलाई संका लागि अनुसन्धान गर्न ती युवाहरूलाई नियन्त्रणमा लिइएको हाे । यस्तै दुइजना युवतीहरू पनि अनुसन्धानकाे लागि ल्याइएको डिएसपी थापाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page