बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री बितरण तथा मिष्ठान भोजन

बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ शैक्षिक सामग्री बितरण तथा मिष्ठान भोजन

ब्यास ६ सिसाघाट स्थित रहेको महेन्द्र ज्योती माबिको हाता भित्र रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षाका बौद्धिक अपाङ्गता भएका बिद्यार्थीहरुलाइ लेखाजोखा संयोजक ईश्वर बास्तोलाको संयोजकत्वमा मिष्ठान भोजन तथा शैक्षिक सामग्री प्रदान गरिएको छ।

बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिनोद प्रसाद छिमालले बौद्धिक अपाङ्गता स्रोत कक्षा स्तर उन्नति भएको आफ्नो पदेन जिम्मेवारी पछि बिधालयका परिवर्तन लहर आएको खरो स्वभावमा उत्रने बानी पेशामुखी तन्त्रबाट नहेरी सेवा भाब लाई जोड दिदै बिधालयमा कार्यरत आमाको भुमिका आमा सरह हुने हुँदा ब्यास नगरपालिकाले तालिमको ब्यवस्था गर्न सके थप अपेक्षित सुधार आउने बताए।

बिधालयका प्र. अ. हरिराज काफ्लेले बिधालयमा स्रोत कक्षा सञ्चालन भए लगतै पहिले कार्यरत स्रोत शिक्षक बुद्धि सागर सुवेदी निबृत पेन्सन भइ गएपछि बिधालयमा स्रोत शिक्षक बिहिन अवस्था रहेको भन्दै हाल बिधालय ब्यवस्थापन समितीको निर्णय बमोजिम  शिक्षक बुद्धि कुमार बि.क र शिव प्रसाद ढुङ्गानालाइ जिम्मेवारी प्रदान गरिएको बताए । आफू स्वयं पनि बिद्यार्थीहरु सग रम्नभिज्नको लागि पढाउने गरेको उनको भनाइ थियो ।

उक्त अवसरमा शिक्षक बुद्धि कुमार बिकले १ बर्ष देखि बौद्धिक अपाङ्गता भएका बालबालिकाको शिक्षा, आवास,खानपानमा सुधार ल्याएको बताए।

ब्यास नगरपालिकाका नगर शिक्षा अधिकारी केदार राज आचार्यको सहकार्यमा कुनै कन्जुस्याइँ नगरी पालिका कै सिमित अनुदान मार्फत प्रयाप्त मात्रामा शिक्षा,आहार, आवास जस्ता क्षेत्रमा प्राप्त अनुदान मार्फत स्रोत कक्षा ब्यवस्थापन गरिएको बि.क ले बताए।

शिक्षक सुर्य प्रसाद छिमालले स्रोत कक्षामा अध्ययनरत बालवालिकाको बिशेषता पहिचान गरि समाजमा जिम्मेवार,उत्पादक तथा स्विकारयोग्य नागरिक बनाउन प्रयत्न गर्नुपर्ने बताए।

शिक्षक शिवप्रसाद ढुङ्गानाले पहिले बिधालयको छानो चुहिने समस्या थियो हाल आएर सिसि पक्की भवनमा स्थानान्तरण भएका छौ भन्दै बिद्यार्थीहरुको अघिलो दिन पढाएको भोलीपल्ट नै बिर्सने समस्या भएको वताए।

रिसेडका माहासचिव किशोर न्यौपानेले पहिलाको बिधालय र अहिलेको बिधालयमा आएको परिवर्तन तथा सुधारका बारेमा आफ्नो धारणा राखे।

बौद्धिक अपाङ्गता स्रोत कक्षामा भरतपुर निवासी हाल अमेरिका बस्ने दिपक रानाभाट को छोरा इलोनको ५ बर्षको जन्मोत्सवको अवसरमा बिधालयमा मिष्ठान्न भोजन तथा शैक्षिक सामग्री बितरण गरिएको अपाङ्गता नेतृ संगिता शर्माले बताइन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page