नेवा गुठीकाे साताैं अधिवेशनकाे क्याप्टेन मल्ल द्वारा उद्घाटन

नेवा देय दबू गुठी समन्वय समितिकाे नवाैं साधारणसभा तथा साताैं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनकाे कार्यक्रमका प्रमुख अतिथि तनहुँ नेवा खलका अध्यक्ष क्याप्टेन तारालाल मल्लले उद्घाटन गरेका छन् । कार्यक्रमकाे उद्घाटन गर्दै क्याप्टेन मल्लले
भाषा र संस्कृति जाेगाउन सबै लाग्नुपर्ने बताए । आफ्नाे संस्कृतिलाई जाेगाउँदै भाेलिकाे पुस्तासम्म यसलाई पुर्याउन पुस्तान्तरण गर्दै लानुपर्ने उनको भनाइ थियो ।



कला र संस्कृतिका धनी नेवारहरूकाे संस्कार र संस्कृति लाेप हुन नदिन सबै एकजुट भएर लाग्नुपर्ने मल्लले बताए । ससाना बालबालिकालाई संस्कृति जाेगाउने केन्द्रित तालिम समयसमयमा प्रदान हुँदा नेवारहरूकाे इतिहास बुझाउन सकिने उनलेे बताए ।

कार्यक्रममा नेवा दवुका केन्द्रीय उपाध्यक्ष शंकर नारायण श्रेष्ठले राजा महेन्द्रले गुठी संस्थान गठन गरेको भन्दै गुठीको महत्त्व अत्यन्तै ठुलो भएको बताए । पहिले सबै कुराहरू गुठीले निर्धारण गर्दथ्याे , नेवारहरूकाे पहिचानकाे रूपमा थियो , अहिले अन्य जातीमा पनि गुठीको प्रावधान आएकाे छ उनलेे भने । साे अवसरमा सल्लाहकार प्रताप लाल श्रेष्ठले शंखध्वज शाक्यकाे शालिक दमाैलीमा राख्नुपर्ने बताएका थिए ।


कार्यक्रममा दमाैली खानेपानीका अध्यक्ष बुद्धिमान श्रेष्ठले अाफु बाेल्न भन्दापनि काम गरेर देखाउन आएकाे भन्दै सम्मान गरेकोमा आभार प्रकट गरे ।
गुठी समन्वय समितिका अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम नगरप्रमुख तारा प्रसाद श्रेष्ठ , व्यास नगरपालिका वडा नं ५ का अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल , व्यास ३ का वडा सदस्य बिनु श्रेष्ठ , छङ्गेलि नेवा खलका अध्यक्ष चुडालाल मल्ल , बरिस्ठ उपाध्यक्ष सुवेदार रामकाजी श्रेष्ठ , सचिव जुननारायण श्रेष्ठ ,लगायतका बक्ताहरूले बाेलेका थिए ।
कार्यक्रममा समितिका सचिव जुननारायण श्रेष्ठले सचिवकाे र काेशाध्यक्ष प्रेमकुमार श्रेष्ठले काेशाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०७० सालमा व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठकाे संयाेजकत्वमा स्थापना भएको गुठी समन्वय समितिले विभिन्न सामाजिक कामहरू गर्दै आएकाे छ । यसले कन्याहरूकाे ” ईही वेल विवाह ” , भिन्तुना कार्यक्रम लगायतको कार्यक्रमहरू गर्दै आएकाे छ ।
यस्तै कार्यक्रममा भर्खरै मात्रै दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्वाचित भएका अध्यक्ष बुद्धिमान श्रेष्ठ तथा सचिव याेगिता श्रेष्ठ र काेशाध्यक्ष चिराैकाजि बतासलाई सम्मान गरिएको थियो ।




































