खानेपानीको समस्या आए दिनरात नभनी खटिन्छु – दमाैली खानेपानी अध्यक्ष श्रेष्ठ

दमाैली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्धिमान श्रेष्ठले खानेपानीको समस्या आए दिनरात नभनी खटिने बताएका छन् । सनिवार नेवा देय दबू गुठी समन्वय समितिकाे नवाैं साधारणसभा तथा साताैं अधिवेशनका अवसरमा सम्मान ग्रहण गर्दै श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

२०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्षमा पराजित भए पनि बिचलित नभइ सामाजिक काममा निरन्तर लाग्दा आदिकवि भानुभक्त क्याम्पस दमाैलीकाे सर्वसम्मत अध्यक्ष हुँदै अहिले खानेपानीको अध्यक्षमा निर्वाचित भएको उनलेे बताए । मैले तपाईंहरूवाट सम्मान गरि अाेढाएकाे दाेसल्ला खेर जान दिने छैन भन्दै श्रेष्ठले खानेपानीको समस्या अाए दिनरात नभनी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । म सेवककाे रूपमा काम गर्न आएकाे हाे अध्यक्ष श्रेष्ठले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page