सामुदायिक प्राकृतिक चिकित्सालय रजहरकाे साधारणसभा सम्पन्न:


सामुदायिक प्राकृतिक चिकित्सालय देवचुली १६ रजहरकाे १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेले उद्घाटन गर्दै प्राकृतिक चिकित्सालयलाई यहाँ सम्म ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण समिति तथा व्यक्तिहरूलाई धन्यवाद दिएका थिए । नगर प्रमुख न्याैपानेले चिकित्सालयकाे विकासको लागी आफुले गरेका बाचाहरूलाइ पुरा गरेर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि समेत रहेकी पूर्व मन्त्री शसि श्रेष्ठले प्राकृतिक चिकित्सा र परम्परागत चिकित्सा प्रति आफूलाई धेरै विश्वास लाग्ने भएकाले यसको बिकासकाे लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन् ।
साे अवसरमा प्राकृतिक चिकित्सालयका निर्देशक डाक्टर बिनोद पौडेलले प्राक्रितिक पद्धतिबाट गरिने उपचार दिर्घ रहने भएकाले सम्पूर्णलाई एक पटक सेवाको लागी आउन आग्रह गरेका थिए। प्राकृतिक चिकित्सा भनेको उपचार पद्धति भन्दा पनि जीवनशैली हो वा जीवन जिउने कला हो । खानपानमा सुधार, नियमित व्यायाम, शरिरमा आवश्यक आराम, सुत्ने, उठ्ने र काम गर्ने तरिकामा सुधारका साथै तनावको सही व्यवस्थापन गर्ने हो भने हामी ९०% रोगबाट बच्न सक्छौं , निर्देशक डाक्टर पाैडेलले भने ।
सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्त बहादुर क्षेत्रीको अध्यक्षतामा भएको साधारणसभामा लेखनाथ उद्योग वाणिज्य संघ कास्कीका महासचिव जानुका पराजुली , चिकित्सालयमा उपचाररत अमेरिकन नागरिक भक्ति , देवचुली माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपराज कोइराला , नेकपा माओवादी देवचुलीका अध्यक्ष सत्यनारायण भुसाल , चिकित्सालयका पूर्व अध्यक्ष हेमराज कोइराला , चिकित्सालयका व्यवस्थापक हरि सापकोटा , सहायक निर्देशक डाक्टर आजाद पुरी ,चिकित्सालयका उपाध्यक्ष पेउ नारायण न्यौपाने , सचिव प्रदिप राज घिमिरे लगायतले बाेलेका थिए ।
कार्यक्रममा चिकित्सालयको स्थापना कालदेखि हाल सम्मको आर्थिक , भौतिक प्रगतिको बारेमा कोषाध्यक्ष नेत्र बहादुर पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।सोही अवसरमा प्राकृतिक चिकित्सालयका फिजियोथेरापिस्ट सागर खनाल तथा सरसफाइ फाँटकि सरस्वती ठुमलाई सम्मान गरिएको थियो।
कार्यक्रममा लोक दोहोरी गायक रमेशराज भट्टराईको साङ्गीतिक प्रस्तुतिले सहभागीहरू लाई भरपुर मनाेरञ्जन गराएको थियो । साेहि अवसरमा प्राकृतिक चिकित्सा सम्बन्धी गीत समेत विमोचन गरिएकाे थियो । राष्ट्रिय गायक द्वय पशुपति शर्मा र रमेशराज भट्टराईको आवाजमा रहेको गीत लाई विमाेचन गरिएको हाे ।




































