जेसिआई व्यास नगरको आयोजनामा एक दिने भाषण कला तालिम:

जेसिआई व्यास नगरको आयोजना तथा आदिकवि भानुभक्त क्याम्पसको सहआयोजनामा एकदिने प्रभावकारी भाषण कला सम्बन्धी तालिम सम्पन्न भएको छ ।  युवाहरुमा भाषण कला तथा उद्घोषण सम्बन्धी सीप बिकास गराउने उद्देश्यले आयोजित  तालिममा संस्थाका सदस्यहरु तथा आदिकवि भानुभक्त क्याम्पसका ४० जना युवाहरुको सहभागीता रहेको थियो ।

  तालिमको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले उद्घाटन गर्दै जेसिआई व्यास नगरले समाजले प्रत्यक्ष अनुभूति गर्न सक्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । उनले युवाहरुको संस्था जेसिजको रचनात्मक कार्यले अन्य युवाहरुलाई समेत सकारात्मक कार्यमा प्रेरित गर्ने गरेको बताए ।  

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई भाषण कला तथा प्रस्तुतिका बारेमा भलबारी जेसिसका पुर्व अध्यक्ष मुक्तिनाथ गैह्रेले प्रशिक्षण दिएका थिए । उनले श्रोताको मन जित्दै भाषण गर्ने कौशलको बारेमा प्रयोगात्मक पद्धती मार्फत प्रशिक्षण दिएका थिए ।
जेसिआई व्यास नगरका अध्यक्ष नविन पुरीको अध्यक्षतामा भएको कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका निमित्त क्याम्पस प्रमुख डाक्टर रामकुमार अधिकारी, सहायक प्राध्यापक नारायणी अधिकारी, पत्रकार अञ्जना तिमिल्सेना लगायतले कुशल वक्ता हुनका लागि प्रभावकारी सिपको आवश्यकता पर्ने औल्याएका थिए ।

संस्थाका तालिम निर्देशक अरविन थापाले स्वागत गरेको कार्यक्रममा जेसिस आस्था पाठ र राष्ट्रिय गानको अगुवाई शाखा सम्पादक विनोद गोशलीले गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव सनम अधिकारीले गरेका थिए ।  तालिम पश्चात अनुभव आदनप्रदान गर्दै सहभागीहरुले प्रशिक्षण फलदायी भएको र तालिमले मानिसका बीचमा उभिएर बोल्न सक्ने आत्मविश्वास प्रदान गरेको बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page