कसले भन्यो तोसिमालाई रास्वपाबाट गेट आउट ? पार्टी संस्थापनबिरुद्ध पोखिन यस्तो आक्रोश
रास्वपा नेतृ ताेसिमा कार्कीलाई रास्वपाबाट गेट आउट ? भनिएपछी पार्टी संस्थापनबिरुद्ध उनलेे आक्रोश पाेखेकि छन् । सामाजिक सञ्जाल फेसवुकमा उनलेे लामो स्टाटस लेख्दै भनेकी छन् –
खबरदार !
पार्टिलाई थप सुदृढ बनाऔँ, सफल बनाऔँ , समय सापेक्षिक रुपान्तरण गरौँ भनि जिम्मेवारपुर्ण तरिकाले राजनितिक बिषय उठान गर्दा Get Out भनेर Bully गर्ने र गर्न लाउने अनि त्यो सब टुलुटुलु हेरेर बस्ने महाशयहरुको सार्वजनिक भण्डाफोर गर्नु नपरोस्।
कहिले राजिनामा दिन लाग्यो भनेर अफवाह फैलाउने, कहिले पार्टी बनाउने उद्देश्यका साथ पेश गरिएको पत्रको ४ बुँदा राम्रो सँग अध्ययन समेत नगरी पार्टी सभापतिको विकल्प खोज्यो भनेर विषय अतिरन्जित गर्ने, विकल्प खोज्नेलाई छाड्नहुन्न, पार्टीबाट निकाल्नुपर्छ आदि भनेर media trial गरेर पार्टी पङ्तिमा भ्रम छर्न खोज्ने ??

हिम्मत भए संस्थापनले खुल्ला विशेष अधिवेशन गरोस्, पार्टी सभापतिको आशिर्वाद लिएर – लाखौं कार्यकर्ता तथा सुभेच्छुकको मत लिएर दिईएको जिम्मेवारी सम्हाल्ने आँट छ तोसिमा सँग।
यहि आन्दोलनमै पनि प्रहरिको गोलिबिच हिँडेको मान्छे हो।
तिमिहरुको प्रोपागाण्डा र हेपाहा बोली सँग रत्तिभर डराउदैन।
तिमीहरुले जति नै Bully र Media Trial गरेपनि राजनितिक मैदान, मेरा ललितपुरका प्रिय मतदाता र प्यारो पार्टी पङ्ति छोडेर पनि भाग्दैन।
देश बनाउन हिँडेको योद्दा हो। लड्छु।
जय घण्टी । जय देश।

























