तनहुँ प्रहरीको सक्रियतामा कारागारबाट भागेका २ सय ३१ जना कैदी पक्राउ

तनहुँ प्रहरीको सक्रियतामा कारागारबाट भागेका २ सय ३१ जना कैदी पक्राउ

जेएनजी आन्दोलनको उथलपुथल बीच विभिन्न कारागारबाट फरार भएका कैदीहरूलाई तनहुँ प्रहरीले धमाधम नियन्त्रणमा लिन थालेको छ।
आन्दोलनकै बहानामा कैदीहरू नख्खु, केन्द्रीय, भद्र, तनहुँ लगायतका कारागारबाट फरार भएका थिए। तर अहिले तनहुँ प्रहरीले फरार भएका २ सय ३१ जनालाई क्रमशः पक्राउ गर्दै कारागारमा बुझाउन थालेको छ।

तनहुँ प्रहरी प्रमुख एसपी टेकबहादुर कार्कीले अहिलेसम्म तनहुँ कारागारबाट भागेका ३ सय २४ मध्ये १ सय ८७ र अन्य कारागारबाट भागेका ४४ गरि २ सय ३१ जनालाई नियन्त्रणमा लिइएको बताए ।एसपी कार्कीले समाजमा ‘शान्ति सुरक्षा कायम गर्ने प्रश्नमा कुनै सम्झौता नहुने भन्दै अपराधी जसले आन्दोलनलाई ढाल बनाई भागे पनि अब प्रहरीले नछोड्ने’ दृढता व्यक्त गरेका छन्। एसपी कार्कीले समाजमा यस्ता आपराधिक गतिविधि देखिए तुरुन्त प्रहरीलाई खबर गर्न नागरिकलाई आग्रह पनि गरेका छन्।

प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा देशभरि रहेका कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी भइरहेको जनाएको छ।

‘जेनजी’ आन्दोलनका क्रममा देशभरिका कारागारबाट भागेकामध्ये आठ हजार जना कैदी फर्किएका र ६ हजार अझै फरार रहेकाले दसैँ, तिहार, छठ लगायतका चाडपर्वको समयमा सुरक्षाका मामलामा नागरिकले पनि सतर्कता अपनाउन नेपाल प्रहरीले अनुरोध गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page