फरार कैदी समात्न प्रहरीले देशैभर एकैसाथ ‘विशेष अपरेसन सञ्चालन’ गर्ने

फरार कैदी समात्न प्रहरीले देशैभर एकैसाथ ‘विशेष अपरेसन सञ्चालन’ गर्ने

जेनजी आन्दोलनले गर्दा फरार रहेका कैदी र हराएका हातहतियारका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि प्रहरीले नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरेको छ ।

जेनजीले भदौ २३–२४ गते गरेको आन्दोलन हिंसात्मक भएसँगै देशभरका कारागारबाट फरार भएका कैदीमध्ये पाँच हजार ८१४ जना कैदी अझै फर्किएका छैनन् ।

आन्दोलनको मौका छोपेर फरार भएका १४ हजार ५४९ जना कैदीमध्ये पछिल्लो २८ दिनमा आठ हजार ७३५ जना कैदी भने कारागार फर्किसकेका छन् । यता तनहुँ जिल्लामा भने तीन सय २७ जनामध्ये १ सय ९२ जना पक्राउ परेका छन् । कारागार प्रशासनका अनुसार अझै एक सय ३५ जना आउँन बाँकी रहेका छन् ।  
त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाण्डौंका गरी ४५ जनालाई नियन्त्रणमा लिएर संम्बन्धित कारागारमा पठाइसकिएको एसपी टेकबहादुर कार्कीले बताए ।

त्यस्तै प्रहरीबाट लुटिएका करिब एक हजार २५० हतियारमध्ये २७४ वटा हतियार बरामद गरिएको र ९६ वटा हतियार जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय तोडफोड र आगजनी गर्ने क्रममा लुटिएका करिब आठ सय हतियार नियन्त्रण तथा फरार झन्डै छ हजार कैदीका कारण शान्ति सुरक्षामा नै असर पर्ने देखिएपछि नियन्त्रणका लागि ‘विशेष अपरेसन सञ्चालन’ गर्ने तयारी गरिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page